समाचार
मिति २०७७ माघ १६ गते शहीद सप्ताह विभिन्न कार्यक्रम बीच सपन्न ।
देवघाट गाउँपालिकाको कृषि संकलन केन्द्र एवं हाट बजारमा भएको शहिद सप्ताह दिवस आज विभिन्न कार्यक्रम बीच सम्पन्नभएको छ।देवघाट गाउँपालिकाको आयोजनामा भएको शहिद सप्ताह कार्यक्रम भूमि ब्यबस्था समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा शहिद परिवारलाई सम्मान,विभिन्न प्रतियोगिताहरुको पुरस्कार वितरण संगै स्थानीय तथा राष्ट्रिय लोकदोहोरि कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा सम्पन्न भएको छ। सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापा,देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत नरहरि सापकोटा,देवघाट नेकपा अध्यक्ष भुवनसिङ्ग गुरुङ,देवघाट नेका पार्टी सभापति प्रेम बहादुर गुरुङ,देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट २ नम्बर वडा अध्यक्ष पोल बहादुर आले,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट गाउँपालिका कार्यपालिका सदस्य यममाया गुरुङ,अनिता गुरुङ,भोगिमाया राना,बालकुमारी परियार,चन्द्रप्रकाश बि.क.र रन्त बोट,देवघाट क्षेत्र बिकास समितिका नि.अध्यक्ष शिवराज पौडेल,शहिद परिवारका अभिभावक राम बहादुर भट्ट र किरण सुवेदी लगाएको उपस्थिति रहेको थियो भने देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो।