समाचार
घण्टाचुली पर्यटन प्रवर्द्धन संगै मदिरा र लागुऔंषध नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
देवघाट गाउँपालिका भित्रको एक पर्यटकीय नगरी घण्टाचुली क्षेत्रलाई प्रवर्द्धन तथा मदिरा र लागुऔंषध नियन्त्रण सम्बन्धि बृहत अन्तर कृया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिका भित्र रहेको यस घण्टाचुली क्षेत्रमा नेपालकै राष्ट्रिय फुल लालीगुराँस,घण्टाचुली मन्दिर,भिउ प्वाइन्ट र रमणीय दृश्य संगै नजिक बाट हिम सृङ्ग्खाल देख्न सकिने भएकोले गाउँपालिकाको मात्र नभई देशकै एक पर्यटकीय नगरीको सम्भावना बोकेको ठाँउ रहेको बताउनु भएको थियो।सो कार्यक्रममा बोल्दै उहाँले देवघाट गाउँपालिकाको बिकास क्रमिक रुपमा अगाडी बढिरहेको बताउदै यो वर्ष बाटोघाटोको लागि प्रदेश सरकार संग पहल गरि एक करोड ५० लाखको बजेट गाईघाट बाट सानो भञ्ज्याङ् सम्मको बाटोलाई योजना परी काम अगाडी बढेको बताउनु भएको थियो। साथै गाईघाट र नाल्दीमा पक्की पुलको लागि र घण्टाचुली क्षेत्रमा भियु टावर निर्माणको लागि परदेश र केन्द्र सरकार संग पहल भइ रहेको बताउनु भएको थियो।
कार्यक्रममा उपस्थित जनसमुदायलाई देवघाट इलाका प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी मार्फत मदिरा व्यवस्थापन र लागुऔंषध सम्बन्धि जनचेतना मुलुक कार्यक्रम पनि सम्पन्न भएको थियो।
कार्यक्रमको विशेष अतिथिमा देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ र अन्य अतिथिहरु देवघाट वडा नम्बर १ का वडा सदस्य मन बहादुर गुरुङ,देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी,देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ,देवघाट गलेश्वर आश्रमका सचीव महेन्द्र प्याकुरेल, देवघाट गाउँपालिका स्तरीय जनजाती महासंघका अध्यक्ष रुमकुमार थापा, देवघाट २ नम्बर वडाका पशु प्रविधि दिपक बि.क. देवघाट ईलाका प्रहरी कार्यालयका लोकराज तिमिल्सिना,समाजसेवी,नवराज गुरुङ,समाजसेवी खड्का आले,देवघाट गाउँपालिका स्वास्थ्य कर्मी बिष्णु कमलि लगाएतको उपस्थिति रहेको थियो।