FAQs Complain Problems

१११ औं अन्तराष्ट्रिय महिला दिवस” मनाउन सम्बन्धी सूचना ।

१११ औं अन्तराष्ट्रिय महिला दिवसको सुखद अवसरमा मिति २०७७/११/२४ गते देवघाट गाउँपालिकाको आयोजनामा तपसिलका कार्यक्रमहरु सहित देवघाट गाउँपालिकाको नयाँ सभाहल देवघाट–५, क्युँदीमा “१११ औं अन्तराष्ट्रिय महिला दिवस” मनाउन लागिएकोले उक्त कार्यक्रम सफल पार्न सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।

तपसिल:

१. दिवा खाजा व्यवस्थापनको लागि विद्यालय र वाल विकास केन्द्रहरुलाई भाँडा वर्तन वितरण कार्यक्रम

२. ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता (Female Healthy Teeth Competition) एवम् दन्त शिविर कार्यक्रम

३. जोडी दौड प्रतियोगिता (श्रीमतीले आफ्नो श्रीमान्लाई बोकेर) १०० मि. स्थान: कालिका मा.वि.

४. गाउँपालिका भित्रका बाल विकास केन्द्रको स.का.हरुको प्रतिभा प्रदर्शन कार्यक्रम, समय: ५ मि.

५. गाउँपालिका भित्रका महिला कर्मचारी तथा शिक्षिकाहरुको प्रतिभा प्रदर्शन कार्यक्रम, समय: ५ मि.

६. वाल विकास केन्द्रका स.का.हरुको पारिश्रमिक वृद्धिको लागि सहजीकरण समिति गठन ।

आर्थिक वर्ष: