FAQs Complain Problems

छुट सुविधावाट लाभान्वित हुने सम्बन्धी सूचना ।

आर्थिक ऐन, २०७७ को दफा २१ ले स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने करदाताहरुलाई देहाय बमोजिमको छुट तथा सुविधा प्रदान गरेको हुँदा सलग्न सूचि बमोजिमका करदाताहरुलाई उक्त छुट तथा सुविधा (स्कीम) को अधिकतम उपयोग गर्न हुन यो सूचना जारी गरिएको छः
(१) आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३/७४‚ २०७४/७५ र २०७५/७६ को आय विवरण‚ सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम संवत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण पेश गर्नु पर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हुने।
(२) आर्थिक वर्ष २०७३/७४ वा सो भन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण‚ सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम संवत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिन्हा हुने।

आर्थिक वर्ष: