FAQs Complain Problems

काम सम्पन्न पछाडी अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजातहरु

काम सम्पन्न पछाडी अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजातहरु निम्न प्रकार छन्  ।
१ )  काम सुरु गर्नु भन्दा आगाडीको आयोजनास्थलको फोटो,काम गर्दागर्दैको आयोजनास्थलको फोटो र काम सम्पन्न भएको आयोजनास्थलको फोटो ।
२) प्राबिधिकको कार्य सम्पन्न प्रतिवेदन ।
३) नापी किताब ।
४) सार्वजनिक सुनुवाईको माइन्युट जसमा उपभोक्ता समितिको आय-व्याय समेत उल्लेख हुनु पर्नेछ ।
५)  सार्वजनिक परिक्षण फारम ।
६) उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
७) खर्च सार्वजनिक सूचना फारम ।
८) रु. ५,००,०००/- भन्दा माथिको आयोजनाको लागि  होडिंग बोर्डको फोटो (जसमा आयोजनाको नाम ,स्थल, लागत, समय सबै उल्लेख भएको हुनुपर्ने) ।
९) नगरपालिकाबाट स्वीकृत भएको आयोजनाको रकम बराबरको बिल भर्पाई (भ्याट बिल , डोर हाजिरी फारम लगायतक नियमअनुसारका प्रमाणित हुने कागजातहरु) ।
१०) आयोजनाको अनुगमन समितिको प्रतिवेदन ।
११) नगरपालिकाद्वारा गठित नगर सुपेरिबेक्षक तथा अनुगमन समितिको अनुगमन प्रतिवेदन ।
१२) सम्बन्धित वडाअध्यक्षद्वारा काम सम्पन्न भएकोले अन्तिम भुक्तानी गरिदिने सम्बन्धि सिफारिस पत्र ।
१३) सम्बन्धित उपभोक्ता समितिको रितपूर्वक निवेदन ।

आर्थिक वर्ष: